पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो।

पहिराेका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ। पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।