महन्थ ठाकुर-राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएको छ । पार्टीको अध्यक्षमा ठाकुर छन् । उक्त पार्टीले चुनाव चिह्न साइकल छनोट गरेको छ । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएसँगै ठाकुर-महतो समूह...
पर्साको बिन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ।
चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित...
नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना...
स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता तथा भ्रष्टचारका विषयहरु सार्वजनिक हुनु नौलो कुरा हाेइन। उदयपुरको रौतामाई गाउँपालिकामा पनि कर्मचारीले जनप्रतिनिधिलाई नै गुम्राहमा पारेर ३४ लाखको औषधि तथा सर्जिकल सामाग्री खरिद प्रक्रिया अघि बढाएकाे पाइएकाे छ ।
उक्त सामाग्री खरिदमा...
र्सा-वीरगञ्जमा मात्र लागू गरिएको निषेधाज्ञा सोमबारदेखि पर्सा जिल्ला भरि लागू गरिने भएको छ।
कोरोना संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण तथा रोकथामका लागि बीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै लागू हुने गरी सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी...
आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर पठाइएका सर्लाहीका एक युवकमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
सर्लाहीको कबिलासी नगरपालिकाका ३५ वर्षीय युवकमा क्वारेन्टाईनबाट घर पठाइसकिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पाजेटिभ देखिएको गाउँपालिकाका स्वास्थय शाखाका प्रमुख...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएकाे चामल वितरण गरेकाे स्थानीयले गुनासाे गरेका छन्।
सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न लकडाउन सुरु गरेको एक महिनापछि उपमहानगरले राहत दिने काम सुरु गरेको हो।
जनकपुरधाममा उपमहानगरपालिकाले वडा नम्बर–१६ मा राहत वितरण सुरु गर्दा राहतको चामल सडेको...
महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या...
जबरजस्ती करणीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ गर्ने एक युवक पक्राउ परेका छन्।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाइ व्ल्याकमेलिङ गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु जैसवारले जानकारी...












