महन्थ ठाकुर-राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएको छ । पार्टीको अध्यक्षमा ठाकुर छन् । उक्त पार्टीले चुनाव चिह्न साइकल छनोट गरेको छ । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएसँगै ठाकुर-महतो समूह दलविहीन बनेको थियो ।
राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि उक्त समूहलाई नयाँ पार्टी दर्ताका लागि बाटो खुलेको हो । नयाँ पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरिएको छ ।