पर्सामा भोलि र बारामा आजैदेखि निषेधाज्ञा लागू

र्सा-वीरगञ्‍जमा मात्र लागू गरिएको निषेधाज्ञा सोमबारदेखि पर्सा जिल्ला भरि लागू गरिने भएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण तथा रोकथामका लागि बीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै लागू हुने गरी सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

उनले भने, ‘गत साउन १० गतेदेखि अर्को आदेश नभईन्जेल बीरगञ्ज महानगरभित्र मात्र जारी गरिएको निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको संकट ब्यावस्थपन समिातिको बैठकले जिल्ला भरि लागू गर्ने निर्णय गरेको हो।’

बारामा आजैदेखि निषेधाज्ञा

बीरगञ्ज महानगरपालिका लगायत पर्सा जिल्ला भरि फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै बारामा पनि निषेधाज्ञा जारी गरिएको छ। बारा जिल्लामा केही स्थानहरुमा आईतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।पर्सिमा कोरोना संक्रमणथप फैलिदै गएको तथा बारामा पनि पछिल्लो समय दैनिक रुपमा कोरोना संक्रमितहरु फेला पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही स्थानमा निषेधाज्ञा जारी गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।

उनका अनसार पर्सा र बारा जिल्ला जोडने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरु,कलैया बजार क्षेत्र,पथलैया बीरगञ्ज औधोगिक कोरिडोरमा पर्ने जितपुर, सिमरा ,पथलैया, परवानीपुर,नितनपुर, निजगढ,कोल्हवी,सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड तथा हाट बजार लाग्ने ग्रामीण क्षेत्रहरुमा निषेधाज्ञा लगाइएको छ।

यस अवधिमा अति आवशयक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधन,बिधुत,खानेपानी,खाधान्न,दुध,डेरी,गयाँस, एम्बुलेन्स,औषधि बाहेकका अन्य सवारी साधन मोटरसाईकलसमेत पुर्ण रुपमा सञ्चालनमा बन्दैज लगाइएको छ।

निषेधाज्ञा अवधि भरि अति आवशयक सेवामा संलगन रहेका सरकारी तथा सार्बजनिक सँस्थान बाहेकका अन्य सेवा प्रबाह गर्ने कार्यालयहरु बन्द रहनेछन्।निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक,साँस्कृतिक कार्यक्रम बिबाह ब्रतबन्ध लगायतका कार्यक्रम गर्न निषेध गरिएको छ।

यस अवधिमा उधोगी ब्यावसायीहरुले कल काराखाना सञ्चालन गर्दा कामदारलाई आफनो उधोग,कल कारखाना परिसरभित्रको होस्टेल,क्वारटरमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर मात्र सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख रहेको छ।