म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पछि...
इटालीको फुटबल फेडेरेशनले कोरोना भाइरसको महामारीका कारण रोकिएको यो सिजनका बाँकी खेलहरु पूरा गर्ने समय सीमा तोकेको छ । आउँदो अगस्ट २० भित्र यो सिजनका खेल टुंग्याउने एफआइजिसीले उल्लेख गरेको हो । इटालियन सिरी ए फुटबलसहितका लिगको अर्को सिजन आउँदो सेप्टेम्बर...
शीर्ष लिगको उपाधिका लागि लिभरपुलको ३० वर्षको पर्खाई समाप्त भएको छ । लिभरपुलले यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्ने पक्का भएको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ १ ले...
भारतीय फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हटेको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)मा बाहिरी हस्तक्षेप भएको भन्दै लगाएको प्रतिबन्ध दुई सातापछि हटाएको हो। फिफा काउन्सिलले भारतीय फुटबलमाथिको सबै प्रतिबन्ध हटाएको हो । अदालतबाट निर्माण कमिटीको नियन्त्रणबाट एआइएफएफ स्वतन्त्र भएको पाएपछि प्रतिबन्ध...
 ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । कुशल  भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको...
इण्डियन प्रिमियर लिग (आईपीएल)काे शनिबारको पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ। युएईको अबुधाविमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको...
फ्रेन्च लिग वान फुटबल चाँडै अन्त्य गर्ने निर्णय गर्नु ठूलो गल्ती रहेको र त्यसले नेतृत्वको अभाव टड्कारो रुपमा देखाएको लियोनका अध्यक्ष जिन–मिशेल ओलसले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण फ्रेन्च लिग वान फुटबल मार्च १३ मा रोकिएको थियो, तर...
आगामी ४ मंसिरबाट कतारमा विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकपको आयोजना हुँदैछ। विश्वकपको महासंग्राम सुरु हुन १५ दिनमात्र बाँकी रहँदा कतारको आलोचनाको ग्राफ बढेको छ। अन्तिम समयमा कतारविरुद्ध विश्वका विभिन्न देशले चर्को रूपमा मानवअधिकार र रङ्गशाला बनाउँदा कामदारमाथि भएको अत्याचारको...
कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट शुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजेबाट शुरु हुने फिफाले जनाएको छ । फिफाले बुधबार...
सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने बारेको छलफल अहिले नै सुरु गर्नु अति हतारो हुने इटालीका खेल मन्त्री भिन्चेन्जो स्पादाफोराले बताएका छन् । सिरी ए का क्लबहरुलाई सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गर्न अनुमति दिइएको छ । तर...
- Advertisement -

भरखरै प्राप्त