प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेको घटनाबारे छानबिन समितिको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छ । आज एक प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिको प्रतिवेदन अस्पष्ट रहेको बताएको हो एमाले प्रवक्ता प्रदीप ज्ञवालीले...
सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।न्यायाधीश हरिप्रसाद फुयालको एकल इजालसले बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको...
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेको स्पष्ट पारेकी छन् ।
नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताईन् । “म पार्टी विभाजनका...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्नुभएको छ । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत आज सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको हो । निवेदन...
चिनियाँ दबाबपछि अमेरिकाले कावुल बिमानस्थलमा तैनाथ रहेको अमेरिकी फौज फिर्ता गरेको छ । अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन संवादमा चिनियाँ समकक्षी वाङ यीले यस्तो आग्रह गरेका थिए ।गत अगस्ट १६ मा दुई कूटनीतिज्ञबीच संवाद भएको दुई सातामै अफगान संकटबारे कुराकानी...
नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको...
शिवम् सिमेन्ट लिमिटेडले हेटौंडाको चौघडास्थित शिवम सिमेण्टले ठूला राजनैतिक दल, भातृ संगठनलाई चन्दा र ठूला सञ्चार माध्यमलाई विज्ञापन वापत रकम बितरण गरेपनि विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन। हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि...
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउनुभएको छ ।
लामो समयदेखि नेपाललाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उहाँलाई साथ दिनुभएन । १० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन...












