भिम रावलले माधव नेपाललाई भने- अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने हो ?

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउनुभएको छ ।

लामो समयदेखि नेपाललाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उहाँलाई साथ दिनुभएन । १० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे शनिबार अध्यक्ष नेपालले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको बताउनुभएको थियो ।अध्यक्ष नेपालले उक्त अभिव्यक्ति दिएपछि उपाध्यक्ष रावलले आइतबार ट्वीट गर्दै जवाफ फर्काउनुभएको छ । उहाँले माधवकुमार नेपालको नाम नलिई कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने भन्नुभएको छ ।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले भन्नुभएको छ, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’एमाले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गरेपछि रावलसहित १० स्थायी कमिटी सदस्यले साथ दिनुभएन । उहाँहरू १० बुँदे प्रस्ताव कार्यान्वयन हुने भन्दै एमालेमै सक्रिय हुनुभएको छ । नेपालले नयाँ पार्टी खोलेपछि माधव नेपालका हरेक अभिव्यक्तिमा रावलले जवाफ फर्काउने गर्नुभएको छ ।

यस अघि अगाडि रावलले भन्नुभएको थियो , ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा एमालेलाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो। अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो।’रावलले यी कुरा अध्यक्ष नेपाललाई लक्षित गर्दै भन्नुभएको थियो ।