काठमाडौं महानगरपालिकाले भाेलिबाट महानगरभित्रका सबै हलहरुमा भारतीय सिनेमा चलाउन रोक लगाउने भएको छ । मेयर बालेन्द्र साहको निर्देशनमा नगर प्रहरीले आज काठमाडौंका विभिन्न हलमा पुगेर भारतीय फिल्म हटाउन पूर्वसूचना दिएका छन् ।
झिसमिसे साँझ अनि मेलामा आकर्षणको केन्द्र बनेका थिए लोकदोहोरी गायक कृष्ण कँडेलको धमकेदार प्रस्तुतीले मेलाको रौनकनैं ततायो । बुढापाका देखी तन्नेरीसम्म उनको दोहोरी सुन्न आतुर थिए । छैठौं सिन्धुली महोत्सवका आयोजकले उनी आउने भन्दै प्रचार अभियानलाई...
अभिनेता पल शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएसँगै यस फैसलालाई लिएर विभिन्न ढंगका प्रश्न उब्जेका थिए । आज फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ, जसमा ती प्रश्नहरुको जवाफ भेटिन्छ । अदालतले पललार्ई बलात्कारको आरोपमा...
पछिल्लो समय दक्षिण भारतीय चलचित्रको क्रेज बलिउडको भन्दा कम छैन। केही समय अगाडि प्रदर्शन भएको केजिएफ – २ र आरआरआरले विश्वभरमा व्यापक कमाइ गर्‍याे। यी चलचित्र प्रदर्शन भएसँगै दक्षिण भारतीय चलचित्रका कलाकारहरूको पनि चर्चा हुने गरेको छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको ‘म जन्मेँ नेपालमा’ बोलको गीत सार्वजनिक भएको छ। मदनगोपाल र आरके श्रेष्ठको स्वरमा सजिएको उक्त गीत केही दिनअघि ‘बिजी म्युजिक’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको...
गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् ।
विभिन्न विद्युतीय सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले न्यायका लागि साइबर ब्युरोलाई गुहारेकी छन्। ब्युरोका अनुसार विभिन्न युट्युब च्यानल तथा अनलाइन पोर्टलहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै उनले आफन्तमार्फत साइबर ब्युरोमा जाहेरी...
प्रवासमा रहेर कलाकारितामा रमाउने कलाकार सर्वेन्द्र अधिकारीको नयाँ गित सार्वजनिक भएको छ । सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’को भिडियो सार्वजनिक भएको हो । गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश...
गएको महीनादेखि पूर्वमिस नेपाल माल्भिका सुब्बा ४० वर्ष लागिन् । उनका छोरा रियोको उमेर नै ५ वर्ष पुग्यो । यो उमेरमा पनि माल्भिकाको सौन्दर्यमा कमी आएको छैन । उनी अहिले पनि फिट एन्ड फाइन लुक्समा देखिन्छिन् ।...
प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन...
- Advertisement -

भरखरै प्राप्त