सर्वेन्द्र अधिकारीको ‘किन रोयौ आमा’ सार्वजनिक (भिडियोसहित)

प्रवासमा रहेर कलाकारितामा रमाउने कलाकार सर्वेन्द्र अधिकारीको नयाँ गित सार्वजनिक भएको छ । सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’को भिडियो सार्वजनिक भएको हो ।

गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका सर्वेन्द्रको नयाँ गीत ‘किन रोयौ आमा’मा संगीत पनि गायक सर्वेन्द्रकै रहेको छ । जसमा संगीत संयोजन सुनिल राईको रहेको छ । सार्वजनिक भिडियोको परिकल्पना र निर्देशन सञ्चारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

करिब ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक श्रेष्ठले ‘किन रोयौ आमा’मा प्रवासमा रहँदा मातृभूमिमा बिताएका पल, मातृभूमिमा घटेका विभिन्न घटनाले मनमा झनै चोट परेका पलहरुलाई सान्दर्भिक तरिकाले प्रस्तुत गरेका छन् ।

बेलायतमा छायांकन गरिएको भिडियो निर्देशक कुशल र सर्वेन्द्रको दोस्रो सहकार्य हो । विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभूमी बिर्सेका छैनन् र जन्मभूमिका लागि केही गर्न चाहन्छन् भन्ने मूल सन्देश दिन खोजिएको भिडियोमा गायक स्वयंको अभिनय रहेको छ ।