नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको ‘म जन्मेँ नेपालमा’ बोलको गीत सार्वजनिक भएको छ।
मदनगोपाल र आरके श्रेष्ठको स्वरमा सजिएको उक्त गीत केही दिनअघि ‘बिजी म्युजिक’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा मदन गोपालकै संगीत रहेको छ भने भिडियोलाई श्याम खड्काले निर्देशन गरेका हुन्।
भिडिओमा सीएनएन हिरो अनुराधा कोइराला, डा. भोला रिजाल, क्याप्टेन विजय लामा, पूर्व फुटबलर हरि खड्का, तेक्वान्दो खेलाडी दिपक विष्टलगायतलाई फिचर्ड गरिएको छ।
यसअघि पनि अध्यक्ष ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक भएको थियो।
अध्यक्ष ओलीले यसबाहेक पनि थुप्रै गीत रचना गरेका छन्। ४ मिनेट १२ सेकेन्डको गीतमा ऐतिहासिक पात्रहरु पनि समेटिएको छ भने वर्तमान चर्चिच व्यक्तिहरुलाई पनि स्थान दिइएको छ।