आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।
सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितकाे उमेर ७ वर्षदेखि ६० वर्षसम्मकाे छ।
योसँगै नेपालमा संक्रमितको संख्या...
नाराणणी अस्पतालबाट कोरोना संक्रमण निको भएको भन्दै डिस्चार्ज गरिएका रौतहटका एक युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
नारायणी अस्पतालको टोलीले रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई शनिबार साँझ घरबाटै एम्बुलेन्समार्फत अस्पताल लगेर भर्ना गरेको हो ।
इशनाथ नगरपालिकाका प्रशासकिय...
विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन्।
विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु...
केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर...
महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या...
नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए...
अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका सबैको शव भेटिएको छ । हिम पहिरोमा हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुईजनाको शव शुक्रबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ ।
एक नेपाली गाइड...
जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर वर्मा तिवारीले सिन्धुली जिल्लामा संक्रमित जिल्लाहरुबाट तरकारी तथा अण्डाहरु भित्र्याएर जिल्लालाई जोखिम बनाएको बताउनु भएको छ ।प्रदेशखवरसँग विषेश कुराकानीगर्दै सभापति बर्माले तराईका जिल्लाबाट आउने तरकारीमा अहिले पनि भारतीय बजारका तरकारी मिसिएर आइरहेको बताउँदै...
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति आगलागी हुँदा आगलागी हुँदा १२ वटा घर जलेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार बिहान ५ बजे आगो नियन्त्रणमा आएको छ।
फुङलिङ नगरपालिका र फिदिम नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिएको जिप्रका ताप्लेजुङले जनाएको छ।...
कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार गरिएका नागरिक मध्ये ताजाकोट गाउँपालिकाका १६ जना नागरिक गाउँमा आइपुगेका छन्।
उद्धार गरिएको नागरिक गाउँ पालिकामा आई पुगेपनि उपकरणको अभाबमा उनीहरुको ज्वरो नाप्ने र वडा वडामा क्वारेन्टाइन बनाउँदै राख्ने तयारी गाउँपालिकाले गरि रहेको छ।
सुर्खेतबाट उद्धार...










