सिन्धुलीमा बढ्यो कोरोना संक्रमणको जोखिम, जिल्ला समन्वय समितिका सभापति भन्नुहुन्छ, तराईका जिल्लाबाट आउने तरकारीले कोरोना सार्छ

कोरोना संक्रमण बारे आफ्नो धारणा राख्दै सभापति शंकर बर्मा । फोटोः प्रदेशखबर

जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर वर्मा तिवारीले सिन्धुली जिल्लामा संक्रमित जिल्लाहरुबाट तरकारी तथा अण्डाहरु भित्र्याएर जिल्लालाई जोखिम बनाएको बताउनु भएको छ ।
प्रदेशखवरसँग विषेश कुराकानीगर्दै सभापति बर्माले तराईका जिल्लाबाट आउने तरकारीमा अहिले पनि भारतीय बजारका तरकारी मिसिएर आइरहेको बताउँदै उपभोक्ताले खान योग्य छ, भन्ने प्रमाणित नभएसम्म सिन्धुली जिल्लामा तरकारी आयातमा रोक लगाउनुपर्ने बताउनुभयो ।
उहाँले केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयको बैठकले तरकारी आयात खुला गर्ने निर्णय गलत भएको र आफुले त्यसलाई अहिलेनैं खोल्न नहुने भनेपनि स्थानीय प्रशासनको इन्ट्रेस्टमा आयात खुला गरिएको सभापति बर्माले खुलासा गर्नुभयो ।
सिन्धुली तराईका जिल्लाबाट आउने तरकारी र अण्डाबाट कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै उहाँले जनस्वास्थ्यमा पर्ने गम्भीर असरको जिम्मेवारी पनि तरकारी र अण्डा आयात खुला गर्न सक्रिय हुने स्थानीय प्रशासनले लिनुपर्ने उल्लेख गर्नुभएको छ ।
प्रहरी सुरक्षाकर्मी, स्थानीय सरकार प्रमुखलगायतका निकाय कोरोना रोकथा नियन्त्रणका लागि विषेश सर्तक रहेका बेला संवेदनशिल विषयमा लापरवाही पूर्ण निर्णय गरिनु दुःखद भएको उहाँको भनाई थियो । ‘सिन्धुली जिल्ला प्रवेश गर्ने सबै नाकाहरु बन्दछन्, हाम्रो ठाउँमा कोरोना भित्रियो भने त्यो तरकारी र तराईका जिल्लाबाट मिसिएर आउने भारतीय तरकारी र अण्डाबाटै भित्रिन्छ’ सभापति बर्माको भनाई थियो ।

यता सिन्धुली जिल्लामा स्थानीय प्रशासनले तराईका जिल्लाबाट हरियो तरकारी आयात खुला गरेकै दिन कमलामाई नगरपालिकाले अण्डा तथा चल्ला आयात खुला गरेको थियो । हरियो तरकारी खान योग्य छ भन्ने प्रमाणित नहुँदासम्म हरियो तरकारी आयात खुला गर्न नहुने पक्षमा कमलामाई नगरपालिकाका प्रमुख र केही सांसद थिए । तर बैठकमा उनीहरुको पनि केही नचलेको बताइन्छ ।
स्मरणीय छ, हिजोबाट रामेछाप जिल्लामा बाहिरी जिल्लाबाट आयात गरिने हरियो तरकारीमा रोक लगाएको छ । कोरोना संक्रमणको जोखिम बढ्न सक्नेभन्दै पहाडी जिल्लालेमसेत हरियो तरकारी रोक लगाएका बेला सिन्धुली लगायतका जिल्लामा खुला गरिनुले कोरोना जोखिम बढाएको देखिएको छ ।

भारतीय बजारबाट आएको तरकारीलाई नियन्त्रयणमा लिएर नष्ट गर्न लैजाँदै सशस्त्र प्रहरीहरु । फाइल फोटोः प्रदेशखवर