चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
निकुञ्ज सुरक्षार्थ खटिएको...
राजसंस्था पुन:स्थापना र हिन्दू राज्य घोषणाको मागसहित रुपन्देहीमा मोटरसाइकल र्याली निकालिएको छ।
वीर गोर्खाली अभियानको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकसम्म पुगेको थियो।
देश र श्रीपेचको रक्षाको लागि भन्दै अभियानले...
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य शान्तिदेवी परियारको कोरोनाबाट मृत्यु भएको छ ।
शंका लागेपछि कात्तिक ३ गते स्वाव परीक्षण गराएकी ६७ वर्षीया वडा सदस्य परियारलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् ।
पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गरेका...
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो ।
सो...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।
कात्तिक ६ गते उनमा कोरोना...
पर्साको बिन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ।
चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित...
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो।
बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन...
काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण निधन भएको छ।
काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो।
उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
ज्वरो बढेपछि कात्तिक १ गते ओम...










