कोरोनाले नेपालगञ्ज उपमहानगरपालिका वडा सदस्यको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य शान्तिदेवी परियारको कोरोनाबाट मृत्यु भएको छ ।

शंका लागेपछि कात्तिक ३ गते स्वाव परीक्षण गराएकी ६७ वर्षीया वडा सदस्य परियारलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा निरन्तर उपचार गराएकी वडा सदस्य परियारको सोमबार विहान साढे दश बजे मृत्यु भएको जानकारी दिए ।

पछिल्लो दिनमा फेरि जिल्लामा कोरोनाबाट दैनिकजसो नै मृत्यु हुने गरेको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

यसैबीच, नेपाली कांग्रेस, बाँकेकी सभापति किरण कोइरालाले निर्वाचित वडा सदस्य र नेपाली कांग्रेसकी नेतृ परियारको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताएकी छन्।