बाजुरामा आईसोलेशनमा राखिएकी बालिकाको आइतबार बिहान मृत्यु भएको छ । बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बालकको मृत्यु भएको बताए । बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी...
नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५ हजार नागरिकसम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ।
कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि...
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।
शनिबार बिहान दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो। दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि गरे।
उनको...
भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ ।
मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टाइनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो...
भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय...
सरकारले सिन्धुलीको सुनकोशी मरिन बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।
यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।
सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।
नयाँ...
नेपालगञ्जको रुपैडिया ठूलो संख्यामा नेपालीहरु भित्रिए, ७ सय भारतीय पनि बाहिरिएको स्थानीय प्रशासनले बताएको छ । गए राती उनीहरुलाई ल्याउने र पठाउने काम गरिएको हो ।
नेपालगञ्ज नाकाको भारततिर रुपैडिहामा एक हजार पाँच सय बढी नेपाली नेपाल आएका हुन् ।
नाकामा...
नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित विकास तालिम केन्द्रमा ल्याइएको छ।
स्थानीयवासीको चर्को विरोधलाई बेवास्ता गर्दै प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई पिपरीमा ल्याएको हो।
इलाका प्रहरी कार्यालय, कोहलपुर र जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डमा...
चलचित्र तथा टेलिभिजन कार्यक्रमहरुमा मधेशी समुदायको मजाक उडाइएको भन्दै प्रदेश-२ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ।
प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले लेखेको पत्रमा त्यस्ता कार्यक्रम तथा चलचित्रमा प्रतिबन्ध लगाउन र त्यसमा संलग्नलाई कारबाही गर्न माग...










