थापाथलीमा रहेको परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालका दुई चिकित्सक सहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण हुनेमा नर्स र कार्यलय सहयोगी रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार संक्रमित सबैलाई आइसोलेशनमा राखिएको छ।
वीरगञ्जको कोरोना अस्थायी विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमित थुनुवा फरार भएका छन्।
शनिबार राति अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचाररत दुई जना संक्रमित थुनुवा फरार भएका हुन्।
संक्रमण देखिएपछि उपचारको लागि भर्ना भएका उनीहरु अस्पतालका स्वास्थ्यकर्मी सुरक्षा गार्डको...
पर्सामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न स्थानका गरी आइतबार थप १ सय ४२ जनामा संक्रमण देखिएको हो।
शनिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा चिकित्सक, पत्रकार, थुनुवा, उधोगका मजदुर लगायतमा संक्रमण पुष्टि...
सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।
शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण...
बारा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीमा चेकिङ्ग गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो।
प्रहरीले बेनौली चोकतर्फबाट आएका मोटरसाइकललाई रोकी चेकजाँच...
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका आइसीयु बेड लक्षणसहितका कोरोना भाइरसका संक्रमितले भरिएका छन्।
अस्पतालमा १६ वटा बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामी छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
‘थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि...
सिरहामा एकजना पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। सिरहाको मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
भदौ ३ गते मृत्यु भएका पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी...
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
तर नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।
नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा...
ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु भएको छ।
वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिला प्रशासन कार्यालय पर्साले जनाएको छ।
उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ...
चितवनमा स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्।
उनीहरूमध्ये भरतपुर...











