ज्येष्ठ नागरिक, एकल महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।
तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ।
गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले...
कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्।
उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो।
टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर...
पुष्पा भुजेलले आत्महत्या गरेको नभई हत्यानैं भएको निश्कर्ष निकाल्दै आफन्तजन तथा गाउँलेहरुले सिन्धुली सदरमुकाममा प्रदर्शन गरेका छन् ।पुष्पा आत्महत्या भनिएको घटनालाई सिन्धुली प्रहरीले आत्महत्यानैं सावित गराउने षडयन्त्र गर्न थालेको आशंकामा आज उनीहरुको कोरोना संक्रमणको पर्वाह नगरी प्रदर्शन गर्नुपरेको बताएका...
धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनगढी उप–महानगरपालिका– ८ नवदुर्गा मन्दिर नजिकै बस्दै आएका स्थानीय हरिलाल विष्टको घरमा प्रयोग भएको खाना...
केही वर्ष अघिसम्म चोरडाँकाहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ ।
पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए...
कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ ।
प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ...
सांसद सानु शिवा पहाडीको निधन भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार बिहान उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो।
उनको केही वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले...
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत चारजना कर्मचारीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएपछि कार्यालयका काम बन्द भएको छ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कार्यालयका चारजनामा कोरोना पोजिटिभ देखिएपछि बुधबारदेखि प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो।
‘बुधबारबाट...
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भन्दै तय गरिएको बैडक अन्ततः स्थगित भएको छ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुमध्ये कालिकोटका कुर्मराज शाहीलाई दलको सचेतक, मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर...
नेकपा कर्णालीको बिवादको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । समाचार स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी पक्षधर नेताहरुले दर्ता गराएको अबिश्वास प्रस्ताव फिर्ता...











