पुष्पा भुजेलले आत्महत्या गरेको नभई हत्यानैं भएको निश्कर्ष निकाल्दै आफन्तजन तथा गाउँलेहरुले सिन्धुली सदरमुकाममा प्रदर्शन गरेका छन् ।
पुष्पा आत्महत्या भनिएको घटनालाई सिन्धुली प्रहरीले आत्महत्यानैं सावित गराउने षडयन्त्र गर्न थालेको आशंकामा आज उनीहरुको कोरोना संक्रमणको पर्वाह नगरी प्रदर्शन गर्नुपरेको बताएका छन् । झण्डै १ सय जना मानिसहरु संलग्न प्रदर्शनमा न्याय चाहियो सरकार । हत्यालाई आत्म हत्या सावित गराउने षडयन्त्र नगरियोस् जस्ता प्लेकार्डहरु प्रदर्शनकारीले बोकेका छन् ।

गत असोज १५ गते राती सिन्धुलीको चियावारी स्थित आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरिएको भनिएको थियो । घटना स्थलको अबस्था, माइती पक्षलाई अनुहार हेर्नसम्म नदिइनु, पोष्ट मार्टम गर्न नखोज्नु र श्रीमानको जीउमा नङले कोतरिएका डामहरु देखिएपछि आफन्तजनले सो सुसाइड प्रकरणलाई हत्यानैं भएको बताउँदै आएका थिए ।
