प्रदेश समाचार

सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो । सो...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ। कात्तिक ६ गते उनमा कोरोना...
पर्साको बिन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ। चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित...
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो। बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन...
काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण निधन भएको छ। काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो। उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो बढेपछि कात्तिक १ गते ओम...
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। बैतडी कटौजपानी गाँउपालिका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना बिरुद्ध बिहीबार कर्तव्य ज्यान मुद्द दर्ता भएको छ। चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधान सभा सदस्य गुप्तासहित १२ जना बिरुद्ध जिल्ला...
हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको वडा नं १ र २ मा पर्ने ठेहे गाउँमा महिलाहरूले जुवातास बन्द गराएका छन्। जथाभावी जुवातास खेल्दा गाउँमा विकृति तथा विसंगति फैलिएको भन्दै गाउँभरि जुवातास बन्द गरिएको हो। स्थानीय लोग भण्डारीका अनुसार तास खेल्नेलाई पहिलो पटक...
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो। झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
- Advertisement -

भरखरै प्राप्त