राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र हुनसक्ने बताएका छन्।
शनिबार काठमाडौँको क्षेत्र नं. ५ (क)ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा...
नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उक्त निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए।
मंगलबार क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपछि महाधिवेशनको नयाँ...
नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका छन् ।
माधव नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने...
नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण...
पार्टीको आधिकारिकता छिनोफानो गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन्।
आयोगले बिहीबार पार्टीका केन्द्रीय कार्यकारिणी परिषदका सदस्यलाई सोमबार आधिकारिकता टुंग्याउन आफ्नो आधिकारिक परिचयपत्र लिएर आउन भनेको छ। अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल सम्बन्धी ऐनको...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले तर्साउन खोजेर आफू र आफ्नो समूहलाई नतर्सिने बताएका छन्।
उनले आफूहरु विशेष धातुले बनेको र ओलीले तर्साउँदैमा नतर्सने दाबी गरे। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा...
नेपालमा सत्ता परिवर्तन भएसँगै उत्तरी छिमेकी मुलुक चीनमा विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । चिनियाँ संचारमाध्यमले आ–आफ्नो कोणबाट शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीति र चीनले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका छन् ।
चिनियाँ संस्थापन निकट मिडिया ग्लोबल टाइम्समा गतसाता...
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले पार्टी चुस्त हुने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी...
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आज (बुधबार) स्थायी कमिटी बैठक बसिरहँदा अध्यक्ष केपी ओलीले स्पष्टीकरण २४ घन्टे स्पष्टीकरण सोधेका छन्।
तर नेपाल समूहले उक्त स्पष्टीकरणको कुनै अर्थ नभएको प्रतिक्रिया दिएको छ। ओलीको पत्र प्राप्त भएपछि नेपाल समूहले यस्तो प्रतिक्रिया...
नेकपा एमालेले ‘बरिष्ठ नेता’ माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले आज माधवसहित २२ जना सांसदलाई स्पष्टिकरण सोध्नुभएको हो । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआए वा जवाफ नदिए सिधै निश्काशन...












