माधव नेपालनिवास पुगेर प्रचण्डले भने– बडो सुन्दर व्यंग्यको लागि मैले आज माधवजीलाई भेटेर धन्यवाद दिएँ

sf7df8fF}, @& j}zfv M cWoIf bfxfn g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú ;f]daf/ ;+3Lo ;+;b ejg gofFafg]Zj/df a;]sf] k|ltlglw;efsf] a}7sdf cfˆgf] kf6L{n] ljZjf;sf] dtsf ljkIfdf dtbfg ug]{ wf/0ff /fVb} . tl:a/M /Tg >]i7÷/f;;

 नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका छन् ।

माधव नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको छ । नेपाललाई भेटेर पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिन प्रयास भइरहेको बताए ।

माधव नेपालसँगको भेटमा प्रचण्डले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ दिएका छन् । केपी ओलीलाई महाराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डले बताए ।

प्रचण्डले भने– हिजो माधवजीले सही भन्नुभयो । महाराजाधिराजले आममाफी दिनुभयो हामी नाच्ने हो कि ! कति मज्जाले भन्नुभयो । बडो सुन्दर व्यंग्यको लागि मैले आज माधवजीलाई भेटेर धन्यवाद पनि दिएँ । गठबन्धन जोगाउन हामी प्रयासमै छौं ।

प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरुले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने दावी गरे ।