गठबन्धन सरकारलाई मानवअधिकार एलायन्सले बुझायो ज्ञापनपत्र, पीडितहरुलाई न्याय र परिपुरणको काम तत्काल गर्न माग

मानवअधिकार एलायन्स सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । एलायन्सका जिल्ला अध्यक्ष दुर्गाराज पौडेलको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले मुलुकमा मानवअधिकार उलंघनका घटना बढिरहेको र दोषीहरुले उन्मुक्ति पाएको बताउँदै दण्डहिनताको अन्त्य गर्न माग गरिएको छ ।
सार्वजनिक निकायहरुमा जवाफदेहिता र सुशासन कायम नगर्दा मानवअधिकार उलंघनका घटनाहरुमा बृद्धि भएको बताउँदै अध्यक्ष पौडेलले महिला, किशोरी,बालबालिकातथा जेष्ठ नागरिकहरुमाथी भएका हिंसाका घटनाहरुको सुनुवाई, न्यायमापहुँच, पीडित तथा प्रभावितहरुका लागि संरक्षण तथा पुनस्र्थापना लाई प्रभावकारी बनाउन मागसमेत गरेका छन् । उनले द्वन्द्वकालिन मुद्दाहरुको अन्तराष्ट्रिय मानवियकानुन तथा मानवअधिकारका मुल्य मान्यताका आधारमा पीडितहरुको न्याय, परिपुरणका काम तत्काल गर्न मागसमेत गरेकाछन् ।

No description available.
ज्ञापनपत्र वाचनगर्दै अध्यक्ष दुर्गाराज पौडेल

ज्ञापनपत्रको पूर्ण पाठः

प्रधानमन्त्रीतथामन्त्री परिषदको कार्यालय
सिंहदरबार काठमान्डौ ।

मार्फत

श्री प्रमुखजिल्लाअधिकारी ज्यू्
जिल्लाप्रशासनकार्यालय सिन्धुली ।

विषय ः ज्ञापनपत्र सम्वन्धमा ।
यतिबेला देशमामानवअधिकारको उलंघनले चरम सिमापार गरिरहेको छ । देशभर महंगी, भ्रष्टाचार, अनियमितता बढ्दै गएको छ । पेट्रोलियमपदार्थ र ग्याँसमाभएको पटक पटकको मुल्यवृद्धिका कारण दैनिकउपभोग्य सामग्रीमाभएको अत्यधिकमुल्य वृद्धिका कारण नागरिकले दैनिकजीवनचलाउन समस्याभएको छ । महिला हिंसा, किशोरी, बालबालिकामाथिको हिंसा, दुव्र्यवहार दिनानुदिन बढ्दै गएका छन । महिला, बालबालिकामाथिहुने यौनदुव्र्यवहार, बलत्कार, बालश्रम, बालविवाह जस्ता जघन्य अपराध बढी रहेका छन । उनीहरुको न्यायमा सहजपहुँचपुग्न सकेको छैन ।
शैक्षिक सत्रको त्रैमासिक परीक्षाआईसक्दापनि सबै विद्यालयमा सरकारले पाठ्यपुस्तक पु¥याउन सकेको छैन । किसानले समयमामल, विउपाउन सकेका छैनन । देशमा चरम आर्थिक संकट उत्पन्नभएको छ । जसकाकारणजनजीवनप्रभावितहुदै आएको छ । मानवअधिकारको उलंघन भईरहदा राज्यकाजिम्मेवार निकायहरु मौन बस्नु र नागरिकको दैनिकी अप्ठ्यारोमा पर्नुले मानवअधिकारको गम्भिर उलंघन भएको महसुस गरिएको छ ।
नेपालको संविधानले स्वास्थ्यलाई आधारभूतआवश्यकताको रुपमा परिभाषित गरेको छ । स्वास्थ्य सुविधालाई सहजबनाउनु तीनै तहका सरकारको जिम्मेवारी हो । नागरिकलाई स्वास्थ्यमा सहज र सुलभ पहुँच पुराउनकालागि र सुविधायुक्त स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यबिमालाई प्रभावकारी बनाउनु आजको आवश्यकताहो । विकासलाई आवश्यकता र मागअनुसार अगाडि बढाउन र स्थानीयतहमा रहेकान्यायीक समितिलाई समेत प्रभावकारी बनाउनआवश्यक छ । राज्यले गर्नुपर्ने अनिवार्य कामलाई नगर्नु र सार्वजनिक सेवामानागरिकको सहजपहुँच पुराउननसक्नु पनिमानवअधिकार उलंघन हो । पछिल्लो समय नागरिकले सार्वजनिक निकायबाट लिने सेवामा सहजताआउननसकेको, सार्वजनिकनिकायका सूचनामापहुँचपुग्ननसकेको लगाएतकागुनासा समेत आउने गरेका छन । अतःयी सार्वजनिक सरोकार र जनजीविकाकाविषयमा यो संस्थाको ध्यानाकर्षण भएको छ । जसकाकारण निम्नमाग सहित यो ज्ञापन पत्र पेश गर्दछौं ।

हाम्रामागहरु
१. सार्वजनिकनिकायहरुमाजवाफदेहिता र सुशासनकायमगरियोस,
२. पेट्रोलियमपदार्थ, एलपीग्याँस लगाएतमाभएको मुल्यवृद्धिका कारण बढ्दै गएको दैनिकउपभोग्य सामाग्रीको मुल्यवृद्धि नियन्त्रण गर्न र निम्न स्तरकानागरिकलाई सहुलियतको व्यवस्थागरियोस,
३. द्वन्द्वकालिन मुद्दाहरुको अन्तराष्ट्रिय मानवियकानुनतथामानवअधिकारकामुल्यमान्यताकाआधारमा पीडितहरुको न्याय, परिपुरणका कामतत्कालगरियोस,
४. महिला, किशोरी,बालबालिकातथा जेष्ठ नागरिकहरुमाथीभएका हिंसाका घटनाहरुको सुनुवाई, न्यायमापहुँच, पीडित तथाप्रभावितहरुकालागि संरक्षण तथापुनस्र्थापनालाई प्रभावकारी बनाइयोस,
५. मानवअधिकारमैत्री स्थानीयतह स्थापनागरियोस,
६. शिक्षालाई प्रभावकारी बनाउन दण्ड रहितशिक्षा, प्रविधिमैत्रीशिक्षालाई प्रोत्साहनगर्दै समयमा पाठ्यपुस्तक र शैक्षिक सामग्रीको सहजउपलब्धताको र भौतिक संरचनाहरु महिला, अपांगता मैत्रीबनाइयोस,
७. नागरिकले निःशुल्कऔषधि स्वास्थ्यबिमा रस्वास्थ्यउपचार सहज रुपमापाउने व्यवस्थागरियोस,
८. देश कृषिप्रधानभएपनिहाल सम्म कृषिप्राथमिकतामानपरेको साथैकिसानले आवश्यकताअनुसार मलविउपाउननसकेकाले राज्यकातीनतहमा कृषिलाई प्राथमिकतादिएर किसानकागुनासा—समस्यातत्काल संबोधन र समाधानगरियोस,
९. पछिल्लो समय नागरिकले सार्वजनिक निकायबाट लिने सेवामा सहजताआउननसकेको, सार्वजनिकनिकायका सूचनामापहुँचपुग्ननसकेको लगाएतकागुनासाआउने गरेकाले नागरिकलाई समयमा सहजतरिकाले सेवादिने र सूचनाको हकलाई सुनिश्चित गराउनमागगर्दछौं ।

दुर्गापौडेल
अध्यक्ष
सिन्धुलीशाखा