जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको हत्या गर्नेहरूको नियत नाप्ने मेसिन आविष्कार अहिलेसम्म नभएको उनले बताएका छन् । फेरि कुतर्क गर्दै इतिहास बिर्सेर नहिँड्न उनले सचेत गराए ।
पुस ५ यता आधा गिलास बचाएर पूरा गिलास बनाउने लडाईंमा रहेको उनले बताए । सर्वोच्च अदालतको फैसलालाई पटक–पटक पढेको उल्लेख गर्दै राजनीतिकर्मीले बुझेर पनि बुझ पचाएको कुरा अदालतले राम्रोसँग सम्झाएको उनले बताए ।
‘अध्यादेशबाट शासन चलाउन खोज्नुचैँ लोकतन्त्र हो ?’ डा. भट्टराईले भने, ‘यस्ता कुतर्क नगरौँ ।’
आफ्नो पार्टीका २० जना सांसदले एकमतबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको उनले बताए । ‘अभागीलाई खाने बेलामा रिस उठ्छ भन्ने उखान छ, हाम्रा साथीहरू पनि ठीक ठाउँमा आउनु भएछ, देर से आए दुरुस्त आए भएछ, खुशी लाग्यो,’ डा. भट्टराईले महन्थ ठाकुर र राजेन्द्र महतोलाई व्यंग्य गरे ।











