गोहीको आँशु जनताले पत्याउँदैनन् : प्रचण्ड

sf7df8fF}, @& j}zfv M cWoIf bfxfn g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú ;f]daf/ ;+3Lo ;+;b ejg gofFafg]Zj/df a;]sf] k|ltlglw;efsf] a}7sdf cfˆgf] kf6L{n] ljZjf;sf] dtsf ljkIfdf dtbfg ug]{ wf/0ff /fVb} . tl:a/M /Tg >]i7÷/f;;

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारा ७६ (५) को कार्यान्वयनबाट प्रणाली भत्किएको दाबी गर्नेहरूले गोहीको आँशु चुहाएको बताएका छन् ।

२०४६ पछि पटक–पटक संसद विघटन भएका घटनाबाट पाठ सिकेर संविधानको धारा ७६ (५) को व्यवस्था गरिएको र लामो छलफलपछि यो प्रावधान राखिएको उनले बताए । ‘बारबार संसद विघटन गरेर लोकतान्त्रिक प्रणालीको हत्या गर्ने अनि प्रणाली मिचियो भनेर गोहीको आँशु चुहाउने ?’ प्रचण्डले प्रश्न गरे, ‘त्यो गोहीको आँशु जनताले किन पत्याउने ?’

उपधारा ५ मा उपधारा २ को व्यवस्था राखिनुको अर्थ संसदबाहिरको व्यक्ति आएर प्रधानमन्त्री बन्न नपाओस् भनेर राखिएको उनले प्रष्ट्याए । 

‘संविधानसभाबाट संविधान मिलेर बनायौँ, आन्दोलन मिलेर गर्‍यौं, मिलेर चुनावमा पनि गयौँ,’ उनले भने, ‘तर, अहिले दुई-दुईपटक संसद विघटन गर्ने दुई तिहाइको प्रधानमन्त्री नेपालले पहिलोपटक पाएको छ ।’

यस्तो दुर्दशा यति छिटो देख्नुपर्छ भन्ने थाहा भएको भए आफूले पार्टी एकता र सहकार्यको प्रस्ताव नै नगर्ने उनले बताए ।

नवनियुक्त प्रधानमन्त्रीको नियुक्ति र सपथ ग्रहणका सन्दर्भमा अश्वाभाविक गतिविधि देखिएको उनले बताए । निवर्तमान प्रधानमन्त्रीले नवनियुक्त प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा अनुपस्थित भएर अलोकतान्त्रिक संस्कार देखाएको उनले औंल्याए ।

प्रतिनिधिसभाको पहिलो बैठकमा पनि अनुपस्थित भएर अश्वाभाविक प्रवृत्ति देखाएको दाहालले बताए ।

केपी ओलीको अहंकारवाद, चरम महत्त्वाकांक्षा, छलकपट आफूहरूले उनीसँगै पार्टी नेतृत्वमा रहेर देखेकाले उनलाई महान बताउनुको औचित्य नरहेको उनले सम्झाए । ओलीले पार्टीभित्र मिलाउन नसकेकाले संसदलाई निशाना बनाएको उनले बताए ।