नेपाल कम्युनिष्ट पार्टी ७१ औँ वर्षमा प्रवेश, प्रचण्डले दिए शुभकामना

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७१ औँ वर्ष प्रवेश गरेको छ । सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।

यही सन्दर्भमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले यो ऐतिहासिक दिनमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवनको उत्सर्ग गर्ने महान् सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।