गृहमन्त्रीको आदेशमा कारागार विभागका महानिर्देशकले भेटे आफ्ताव आलम

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेलगत्तै अभियुक्त छाडने अभियानलाई प्राथमिकतामा राख्नुभएको तथ्य बाहिर आएको छ । देउवा सरकारका गृहमन्त्री बालकृण्ण खाँणले रौतहतको इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा जेल सजाय कटाइरहनुभएका कांग्रेस नेतालाई कारागार व्यवस्थापन बिभागकै महानिर्देशकलाई भेटन पठाएपछि देउवा सरकारको ध्यान अभियुक्त छाडनेतिर केन्द्रित रहेको तथ्य बाहिर आएको हो ।

स्रोतका अनुसार गेहमन्त्री खाँणको निर्देशनलगत्तै कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले हत्या अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई भेट्नुभएको छ । समाचारसूत्रहरुका अनुसार महानिर्देशक पोखरेलले एक सहयोगीसँगै कैद जीवन बिताइरहेका आलमलाई बिहीबार कारागारको विशेष कक्षमा बोलाएर कुराकानी गर्नुभएको हो । कारागार बिभागका अधिकारीहरुले गृहमन्त्री खाँणको निर्देशनपछि अभियुक्त आलमलाई भेट्न पोखरेल नख्खु कारागार पुगेको दावी गरेको बताइएको छ ।

नख्खु कारगारका जेलर चिरञ्जीवी गिरीले महानिर्देशक पोखरेल कारगार आइपुगेको पुष्टि गर्नुभएको छ । बिभिन्न् सञ्चारमाध्यमसँगको प्रतिक्रियामा उहाँले पोखरेल कारागार आएको पुष्टि गर्नुभएको हो । प्रधानमन्त्री देउवाले केही समयअघि रौतहटमै पुगेर आलम छुटाउन पहल गर्ने सार्वजनिक घोषणा गर्नुभएको थियो । अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएलगत्तै उहाँले आलमसहित बिभिन्न मुद्धामा रहेका कांग्रेस नेताहरुलाई छुटाउने र अदालतमा सेटिङ गरेर मुद्धा जिताउने अभियान अघि बढाउनु भएको केही दिनका घटनाले पुष्टि गरेको छ ।

गृहमन्त्रीले मन्त्रालयको बिषयमा ब्रिफिङ नसकिदै कारागार ब्यवस्थापन बिभागकै प्रमुखलाई अभियुक्त भेटन जेलमै पठाएपछि सरकारको दिशा कामतिर होइन, अभियुक्त छुटाउनतिर रहेको देखिएको हो

यसअघि देउवा प्रधानमन्त्री नियुक्त हुनुभएका दोस्रो दिन नै बालुवाटार जग्गा प्रकरणमा १० करोड बिगो माग दावी गरिएका र एक बर्षदेखि फरार सूचीमा रहनुभएका कांग्रेस नेता बिजयकुमार गच्छद्धार अदालत उपस्थित भइ १० लाख धरौटीमा छुटनुभएको छ । गृहमन्त्रीले मन्त्रालयको बिषयमा ब्रिफिङ नसकिदै कारागार ब्यवस्थापन बिभागकै प्रमुखलाई अभियुक्त भेटन जेलमै पठाएपछि सरकारको दिशा कामतिर होइन, अभियुक्त छुटाउनतिर रहेको देखिएको हो ।

देउवा प्रधानमन्त्री भएपछि आलमका समर्थकले गाउँमा आतंक नै मच्चाउन थालेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । आलमका समर्थकले रौतहट राजापुरस्थित गाउँमा घटनाका साँक्षी धम्काउने र आक्रमण गर्नेसम्मका काम गरेका छन । गृहमन्त्रीको यो कामसँगै राजापुरमा थप आतंक मच्चाइने र पीडितमाथि खतरा बढने संकेत समेत पाइएको छ ।