काठमाडौं विश्वविद्यालय र कमलामाई नगरपालिकाविच शिक्षामा सुदृढीकरण गराउने संझौता पत्रमा हस्ताक्षर

काठमाडौं विश्वविद्यालय र सिन्धुलीको कमलामाई नगरपालिकाविच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजाल सुदृढीकरण तथा शिक्षामा समता र समावेशिकरण हाँसिल गराउने उदेश्यले आज एक संझौता पत्रमा हस्ताक्षर भएको छ ।
एनआइसी फर स्कूल लिडर्स टूवड्र्स इक्यूटि एण्ड इन्क्लुजन प्रोजेक्ट नामको समझदारी पत्रमा काठमाडौ विश्वविद्यालयका सामुदायिक परिचालन महाशाखाका सल्लाहकार प्राध्यापक डा. बालचन्द्र लुईटेल र कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले संयुत्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षरगर्दै नगरप्रमुख खत्रीले कमलामाई नगरपालिकाको समग्र शैक्षिक उन्नयनमा यो परियोजना कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

May be an image of 1 person, standing and sitting


काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक.डा. भोला थापाले यस संस्था स्थापना कालदेखी समुदायसँगको सहकार्यबाट संचालित हुँदै आएको र यो परियोजनाले समुदायसँग थप नजिक पु¥याउने विश्वास व्यक्त गर्नुभयो । परियोजना संचालनबाट नगर क्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत ३० जना प्रअहरुले करिव २७ महिनासम्म शैक्षिक नेतृत्व विकास कार्यक्रममा सरिक भइ नेतृत्व क्षमता विकास गर्ने अवसर प्राप्त हुने कुरा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्गका डीन प्राध्यापक डा. मनिष पोखरेलले बताउनुभयो ।

May be an image of 6 people, people standing and indoor


त्यसैगरी परियोजनाले नगरपालिकाको शैक्षिक नेतृत्वकर्ताहरुमा सामुदायिक सञ्जाल सुदृढीकरण, सूचना प्रविधी र नेतृत्व विकास सम्वन्धी अन्तर्देशिय अनुभव आदन प्रदानका अवसर प्राप्त हुने कुरा कमलामाई नगरपालिकाका शिक्षा सहजकर्ता डा. हरि पोखरेलले बताउनुभयो । काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रमको संचालन काठमाडौं विश्वविद्यालयका उप–प्राध्यापक सुशिल श्रेष्ठले गर्नुभएको थियो भने कमलामाईका नगर शिक्षा अधिकारी शंकरराज लुईटेल, काठमाडौं विश्वविद्यालयका रजिष्टार प्राध्यापक डा. सुवोध शर्मा लगायत विश्वविद्यालय र नगरपालिका सम्वद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

May be an image of 2 people, including Jagat Ale, people standing and indoor