राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिध सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन्।

उनले मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बनेश्वरमा दुबै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।