नेकपा एमालेले शुक्रवार स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार महासचिव इश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले प्रदेशखबरलाई दिनुभएको जानकारीअनुसार बैठक ललितपुरको ग्वार्काेस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रवार १ बजे बस्नेछ । बैठकमा यसअघि नै तय गरिएको बिवाद समाधान कार्यदलको प्रतिवेदनसहित बिकसित राजनीतिक घटनाक्रमबारेको एजेण्डा रहेको छ ।
स्थायी कमिटी बैठकमा माधव नेपालसहित सवै नेताहरुलाई आमन्त्रण गरिएको केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।











