सिन्धुलीमा युवाहरुले जलाए प्रधानन्याधीसको पुत्ला

नेकपा एमाले निकट युवा संघले सिन्धुलीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको छ। सर्वोच्च अदालतको सोमबारको फैसलाको विरोधमा युवा संघले राणाको पुत्ला जलाएको हो।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन बदर गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो। र्वोच्चको उक्त आदेशको विरोधमा एमाले सडकमा निस्किएको हो। 

अनेरास्ववियु र राष्ट्रिय युवा संघले पुत्ला जलाएको राष्ट्रिय युवा संघका जिल्ला संयोजक देवराज वाइबाले बताए । सर्बोच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला सँगै प्रधानमन्त्री नियुक्त गर्ने परमादेश लोकतन्त्रको मर्म विरुद्ध भएको भन्दै पुत्ला जलाएका थिए ।

पुत्ला जलाउने कार्यक्रममा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, शान्तिमान कार्की, महेन्द्रदेव श्रेष्ठ राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण पाख्रीन,मनोज लामा,अनेरास्वबियु सिन्धुलीका जिल्ला नेताहरु लगाएतले पुत्ला जलाएको थिए । आज नै सिन्धुलीको मरिण, दुधौली,तीनपाटनको चकमके र फिक्कलको खाङ्गसाङ्ग बेसीमा पनि पुत्ला जलाएका थिए ।

May be an image of sitting, fire, outdoors and text
May be an image of standing and outdoors
May be an image of 8 people, people standing, outdoors and text that says 'कमलामाई नगरपालिका सिन्धुली| BALTRA NITY 1 STRENGTH R REDMI NOTE9 PROMAX QUAD CAMERA'