बालकृष्ण खाँड गृहमन्त्री, जनार्दन शर्मा अर्थमन्त्री, कार्की कानुनमन्त्री र ऊर्जामा भुसाल

 नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन्। उनीहरु दुवैलाई राष्ट्रपतिले मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन्। यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए।

त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनेका छन्। पम्फा भुसाल ऊर्जामन्त्री र शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन्।

यसअघि सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। देउवालाई संसद पुनर्स्थापना र आफुलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ती निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए। उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको  थियो।