नेपाल र ओली होटेल मेरियटबाट बाहिरिए, प्रतिक्रिया दिएनन्

केपी ओली माधव नेपाल वार्ता

नेपाल र ओली होटेल मेरियटबाट बाहिरिए, प्रतिक्रिया दिएनन्

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्ता सकेर काठमाडौं नागपोखरीस्थित होटेल मेरियटबाट बाहिरिएका छन् ।

दुवैले सञ्चारकर्मीहरूलाई वार्ताबारे कुनै प्रतिक्रिया दिएनन् । लामो संवादहीनता र शीतयुद्ध तोड्दै दुईबीच बुधबार राति भेटवार्ता भएको हो।

कार्यदलस्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच काठमाडौं नक्सालमा रहेको होटेल मेरियटमा भेटवार्ता भएको हो । वार्तामा कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङलगायत पनि सहभागी थिए ।

बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो। त्यसलाई अन्तिम रूप दिन बुधबार नै ओली र नेपालबीच भेट गराउनेसमेत कार्यदलका सदस्यहरूले बताएका थिए। त्यहीअनुसार ओली र नेपाल स्वयं बसेर विवाद समाधान गर्ने प्रयास सुरु गरेका हुन्।