एमालेका दुई पक्षबीच कुरा मिलेसँगै आज दुई नेताबीच हस्ताक्षर हुने र त्यसपछि विज्ञप्ती आउने भएको छ ।
बुधबार साँझ नक्सालको मेरियट होटलमा बसेको बैठकमा नेताहरु सहमतिमा पुगेको र त्यसलाई आज बिहीबार अन्तिम रुप दिन नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।
मेरियटमा सुरुमा कार्यदलका सदस्यहरुसहित अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच कुराकानी भएको थियो। त्यसपछि ओली र नेपालबीच मात्रै कुराकानी भएको छ।
बैठकपछि नेता पाण्डेले भने, ‘पहिला हामी कार्यदलका सदस्यहरुसहित नेताहरु बस्नु भयो। त्यसपछि दुई जनाबीच वन टु वन कुराकानी भयो। कुरा सकारात्मक भएको छ,आज कुरा टुंगिन्छ।’












