स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सम्भावना रहेकोले सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताएको छ ।
बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयले जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन आग्रह गरे ।
नेपालमा अहिले कोभिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ । कोभिडको दोस्रो लहरमा डेल्टा र एवाई १ भेरियन्ट सक्रिय देखिएकोमा पछिल्लो समय कप्पा थपिएको मन्त्रालयको भनाइ छ ।











