मेरियट होटल पुगे बिष्णु पौडेल र सुरेन्द्र पाण्डे

प्रधानमन्त्री तथा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता अहिले होटल मेरियटमा जारी छ ।

उहाँहरूकै भेटवार्ताकै क्रममा पार्टी उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि मेरियट पुग्नुभएको छ । उहाँहरूले सहमतिको ड्राफ्ट लिएर जानुभएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।

नेताहरूले लगेको ड्राफ्टमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालले हरेक बुँदामा छलफल गरेर टुंगोमा पुग्ने तयारी छ ।