संबैधानिक इजलाशले तोक्यो फैसलाको मिति

प्रतिनिनिधसभा विघटन बदर गरी आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक इजलाशले रिटमाथिको बहश सकिएलगत्तै आज असार २८ गते फैसला आउने जानकारी दिएको हो ।

संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै आजबाट सुनुवाइ सकिएको छ । एमिकश क्यूरीको राय सकिएपछि इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो । प्रधानमन्त्री नियुक्ति प्रकरण र प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिटमाथि असार ९ देखि बहश शुरु भएको थियो । सो बहस आज सकिएको छ ।