पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा सोमबार बेलुका बसेको बैठक मंगलबार पुनः बस्ने गरी सकिएको हो।
आजको बैठकमा हालसम्म अनौपचारिक रुपमा छलफल भएका मुद्दाहरुबारे रिपोर्टिङ गर्ने काम भएको बताइएको छ। बैठकले कार्यदल ब्यूँतिनूलाई सकारात्मक रुपमा लिएको छ।
मंगलबार बस्ने बैठकमा मुद्दामा केन्द्रीत भएर छलफल हुने नेताहरुले बताएका छन्। दुबैतर्फका नेताहरुले आजको छलफलपछि सकारात्मक प्रतिक्रिया दिएका छन्।
नेपाल पक्षका कार्यदलका एक सदस्यले भने, ‘भोलि दिउँसो फेरि कार्यदलको बैठक बस्नेछ। अनि मुल मुद्दाबारे सहमतिको प्रयास गरिनेछ। केही साना मुद्दा मिल्न बाँकी हो। त्यो मिल्छ भन्नेमा आशावादी छौँ।’











