एमाले नेता घनश्याम भुसालको दबाबपछि नेता नेपालले गरे अध्यक्ष ओलीसँग सम्वाद

प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि फोन संवाद भएको छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि फोन संवाद भएको हो ।

उहाँहरूबीच आज दिउँसो फोन संवाद भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले प्रदेशखवरलाई जानकारी दिए । ‘प्रधानमन्त्री ज्यू र नेता नेपालबीच आज पनि फोन संवाद भएको छ । उहाँहरूबीचको संवाद जारी छ, यसले निरन्तरता पाउने छ,’ नेम्वाङले भन्नुभयो । आजको संवादमा एमाले उपमहासचिव घनश्याम भुसाल पनि माधवसँगै रहनुभएको थियो ।

भुसालले नै नेता नेपाललाई प्रधानमन्त्रीसँग कुरा गर्न बाध्य पार्नुभएको थियो । प्रधानमन्त्री र नेपालबीच बिहीबार पनि संवाद भएको थियो । स्रोतका अनुसार भुसालले अध्यक्षसँग आफ्नै अगाडि बार्ता नगरे बिकल्प सोच्ने चेतावनी दिएपछि नेपालले संवाद गर्नुभएको हो । बार्ता अवधीभर भुसाल साथमै रहेपछि नेता नेपालले छोटो कुराकानमै बार्ता टुंग्याउनु भएको थियो ।