डिभिजन वन कार्यालय सिन्धुलीले मदनभण्डारी राजमार्ग क्षेत्रमा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा ट्रि गार्ड सहित विभिन्न जातका पाँच सय वटा विरुवाहरु रोपेको छ । कमलामाई नगरपालिका–१४ चन्दनपुर देखि कमलामाई नगरपालिका–९ को इनारपानी क्षेत्र सम्म वन कार्यलयले मदनभण्डारी राजमार्गको दायाँ बायाँको खाली क्षेत्रमा विभिन्न जातको विरुवा रोपेको हो ।
दिवसको अवसरमा कार्यालयले रोड साईड प्लान्टेसन कार्यक्रम अन्र्तगत संरक्षण सहित (घेरावेरा) सहित पाँच सय वटा विभिन्न जातको विरुवा रोप्ने डिभिजन वन कार्यालयका प्रमुख थीरवहादुर कार्कीले बताए । उनले यो वर्ष पाँच सय वटा विरुवा सडक क्षेत्रको दायाँ वायाँ सडकको सौन्दर्यता कायम हुने गरी रोपिएको बताए । सडक क्षेत्रको दायाँबायाँ करिव २० लाख रुपैयाको लागतमा विरुवा रोपिने उनले बताए । अहिले कार्यालयले कम्तिमा पनि ५ फिट उचाई भएको विरुवा रोपेको र त्यसलाई चहिने कम्पोष्ट मल, मलिलो माटो र त्यसलाई संरक्षण गर्नको लागी ट्रि गार्ड समेत राखिएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानले डिभिजन वन कार्यालयले अहिले सुरु गरेको सडक क्षेत्रमा विरुवा रोप्ने कार्य वन कार्यालयको मात्र नभएर सवै नागरिकको कार्यक्रम भएको बताए । उनले कार्यालयले अहिले रोपेको विरुवाको संरक्षण गर्नु यहाँको नागरिकको कर्तव्य पनि भएको बताए । उनले राज्यको लागनी भनेकै स्थानीयको लगानी भएकाले यसको संरक्षण र उपभोग दुवै स्थानीयले नै गर्ने उनले बताए ।
दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले अशोकको एक विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरे । यसैगरी प्रहरी उपरिक्षक थपलिया, डिभिजनल अधिकृत कार्की, प्रमुख सेनानी लगायतले विरुवा रोपेर दिवसको शुभारम्भ गरेका हुन ।
विरुवा रोप्ने कार्यको सूरुवात सोमवार भएपनि यो निरन्तर चल्ने र यसको सरंक्षण स्थानीय नै गर्नु पर्नेमा वत्ताहरुले जोड दिए । मदन भन्डारी लोकमार्गको सडक किनारमा घेराबार सहितको विभिन्न नौ प्रजातिका ५ सय वटा वहुबर्षिय विरूवा रोपण गरिने डिभिजन अधिकृत कार्कीले बताए ।











