पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धनले नेपालमा कोरोना खोप नदिन बिदेसीसँग लबिङ गरेको प्रमाण आफूसँग रहेको खुलासा गर्नुभएको छ ।
एमाले भातृ संगठन नेपाल खेलकुद महासंघले काठमाडौंको तारकेश्वरमा आज आयोजना गरेको रोपाई कार्यक्रममा बोल्दै निवर्तमान गृहमन्त्रीसमेत रहनुभएका पूर्वस्वास्थ्यमन्त्री अधिकारीले यस्तो खुलासा गर्नुभएको हो । ‘बिपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालसमेतले नेपाललाई कोरोना खेप नदिन बिदेसी गुहारे, खोपमा पनि निकृष्ट राजनीति गरे, खोप ल्याउँदा केपी ओलीको सरकार बलियो बन्छ भन्दै मालिक गुहारे,’ एमाले स्वास्थ्य बिभाग प्रमुखसमेत रहनुभएका अधिकारीले भन्नुभयो, ‘तर ओली सरकारले खोपमा राजनीति हुन दिएन, सवै कुटनीतिक च्यानल प्रयोग गरेर अव सवै नेपालीलाई खोप लगाउने सुनिश्चितता गरेको छ ।’
उहाँले देउवा, प्रचण्ड, माधवसहित उपेन्द्र यादव, बाबुराम भट्टराईसमेतले खोप नदिन बिदेसीसँग पटक पटक लबिङ गरेको प्रमाण आफूहरुसँग रहेको बताउनु भयो । ‘तथ्य र प्रमाणको आधारमा भनिरहेको छु, बिपक्षी गठबन्धनले खोप रोक्न खोज्या, ओली सरकारले ती सवै षडयन्त्र चिर्दै खोप लगाउने बातावरण बनायो,’ अधिकारीको भनाई थियो ।