सिन्धुलीको तिनपाटन गाउँपालिकाले आफ्नो पालिका भित्रका कृषकहरुलाई विभिन्न जातका विरुवा बितरण गरेको छ । गाउँपालिकाका ११ वटा वडाका २ सय कृषकहरुलाई प्रति कृषक २५ बिरुवा बितरण गरेको गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङले जानकारी दिनुभयो । त्यसका लागि पालिकाले २ लाख ८७ हजार रुपैया बजेट बिनियोजन गरेको थियो । कृषकलाई ५० प्रतिशत अनुदानमा , आँप , लिची , सुन्तला र कागतिका बिरुवा बितरण गरेको हो ।

त्यस्तै तिनपाटन ७ र ८ मा सुन्तला , जुनार जस्ता फलफुल उत्पादन हुने भएकोले त्यस ठाउँका लागि अमिला जातका फलफुल लाई प्राथमिकता दिइएको उपाध्यक्ष तामाङको भनाईछ।
यहाँको माटो सुहाउँदो बिरुवा लगाएर आम्दानी लिन सकिने कृषि साखाका प्रमुख बाल कुमारी खड्काले बताइन् । उनले आम्दानी लिनको लागि मेहेनत कम गर्दा पनि फाइदा लिन सकिने र बाझोँ राखिएका जग्गालाई उपोभग गरि आत्मनिर्भर बन्न सकिने भएकोले बिरुवा बितरण गरिएको उनको भनाई थियो ।


-बरुण घिमिरेबाट