सिन्धुली क्षेत्र नंं २ काम नेकपा एमाले उमेदवार मनोजजंग थापाले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको छ ।
बिभिन्न धर्म, जातजाति, भाषा, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै उहाँले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको पर्व भएको बताउनु भएको हो ।
थापाले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको– ‘‘फागु पूर्णिमासँगै २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा आएको त्यो निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ ’’।
मूलुकमा विकास, शन्ति र स्थिरता अपरिहार्य भएको बताउँदै उहाँले लोकतन्त्रको सुदृढीकरण र समुन्नत राष्ट्र निर्माणका आउँदो निर्वाचनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण सिन्धुलीवासीमा आह्वान गर्नुभएको छ ।
एमाले उमेदवार थापाले आजको फागु पूर्णिमाले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना समेत गर्नुभएको छ ।










