कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नगरक्षेत्र भित्र रहेका नागरिकलाई अत्यन्त सचेतवपूर्वक रहन अपील गर्नुभएको छ । चँदाहा, कमला, मरिण र अन्य सहायक नदीहरुमा लगातारको वर्षाका कारण बाढी आइरहेकाले नदी किनारको आसपासमा बसोवास गर्ने नागरिकलाई अत्यन्त सचेत रहन अपील गर्नुभएको हो । शुक्रवार बिहान प्रदेशखबरसँग संक्षिप्त कुराकानीगर्दे नगरप्रमुख खत्रीले लगातारको वर्षाले नगरक्षेत्रभित्र गएको पहिरोका कारण आधा दर्जन घरमा क्षती पुगेको र २ जना नागरिकले ज्यान गुमाईसकेको अबस्थालाई ध्यान दिंंदै सचेत रहन अपील गर्नुभएको हो । उहाँले कुनै विपत्ति आइलागे तत्कालै खबर गर्न पनि आग्रह गर्नुभएको छ ।