कोरोना भाइरसको संक्रमणका कारण टर्कीमा ८० जना डाक्टर र स्वास्थ्य कर्मीको मृत्यु भएपछि डाक्टरहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट पिपिई लगायतका सामाग्रीहर नभए उपचारमा संलग्न हुन नसक्ने चेतावनी दिएका छन् ।

टर्कीमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ५९६ जनाको मृत्यु भएको थियो । टर्कीमा अहिलेसम्म २०१७ जनाको मृत्यु भइसकेको छभने यसबाट ८६३०६ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्पतालहरुमा औषधी, एन ९५ माक्स तथा ज्वरो जाँच गर्नका लागि थर्मगन अभाव रहेको जनाउँदै डाक्टरहरुले उपचार गर्न नसक्ने बताएका हुन् ।