प्रधानमन्त्री ओलीले माधव नेपाल समक्ष भने: मैंले जस्लाई आफ्नो मानिस भनेर ल्याएँ, उनीहरुले नैं अप्ठेरो मात्रै पारे

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटगरी आफुलाई सघाउन आग्रह गरेका छन्।

नेपाल निकट एक नेताले प्रदेशखवरलाई दिएको जानकारी अनुसार बालुवाटारमा झण्डै दुई घन्टासम्म बसेका बरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीले सबैबाट आफूले सहयोग र आलोचनामात्र खेपीरहेकाले सहयोगको याचना गरेका थिए । ओलीले नेपाल समक्ष भनेका थिए, मैंले जस्लाई आफ्नो मानिस भनेर ल्याएँ उनीहरुले नैं अप्ठेरो मात्रै पारे, मलाई तपाईको सहयोग चाहिएको छ ।
समाचार स्रोत अगाडि भन्छः ओलीले पछिल्लो समय आफ्ना भनिएका र विश्वास गरिएका कर्मचारीहरु पनि आफूबिरुद्ध लागेको भन्दै गुनासो गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपाललाई भने, मलाई सबैले आलोचना गर्छन्। कर्मचारी पनि मेरा विरुद्ध लागेका छन्। नेताहरूले पनि सहयोग गर्दैनन्, बरु असहयोग र अप्ठेरो पारिरहेका छन् ।
यस अघि शनिवार प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। अध्यक्ष दाहालसँगको भेटमा पनि प्रधानमन्त्री ओलीले आफ्ना सहयोगी रपार्टी नेतृत्वले असहयोग गरेको कुरा पटक पटक सुनाएका थिए ।
केही दिन अगाडि सम्पन्न पार्टी सचिवालयको बैठका कोरोना संक्रमणका लागि सरकार आफुखुशी निर्णयगर्दै हिंडेको, चाइनासँगको स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको र नेपाली सेनालाई औषधी खरिद गर्न दिएको जिम्माको विषयमा चर्को आलोचना भएपछि ओली झस्किएका थिए ।