पार्टी निर्देशन बिपरित नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहयोग गरेका नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नदिने निर्णय गरेको छ ।
पार्टी हित बिपरित विपक्षी समूहलाई सहयोग गरेपछि एमाले स्थायी कमिटिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो। तर स्पष्टीकरणको जवाफ नदिने बरु कारबाही सहन तयार हुने निर्णय गरिएको माधव समूहका नेताले प्रदेशखबरलाई जानकारी दिए ।
स्पष्टीकरण सोधिएका नेताहरुबारे थप निर्णय लिन एमाले अध्यक्ष ओलीले सोमबार साँझ चार बजे स्थायी कमिटि बैठक बोलाएका छन्। सो बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुबारे आवश्यक निर्णय हुने नेता सुवासचन्द्र नेम्वाङले बताए।
यसैबीच संसद विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्नका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा २६ जना सांसदले हस्ताक्षर गरेका भए पनि रिट दायर गर्दा संख्या घटेको हो।
संविधानको धारा ७६ को ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै शीतल निवासमा बुझाइएको निवेदनमा हस्ताक्षर गर्ने माधव समूहका सांसदगोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले रिटमा हस्ताक्षर नगरेका हुन्।
रिटमा हस्ताक्षर गरेका सांसदहरु
१ माधव कुमार नेपाल
२ सोमप्रसाद पाण्डे
३ घनश्याम भुसाल
४ सुरेन्द्र पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवि जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी कुमारी चौधरी
११ विरोध खतिवडा
१२ भीम बहादुर रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कुमारी कर्ण
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ बहादुर सुनुवार
१९ जीवनराम श्रेष्ठ
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिवडा