बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत गएका छन्।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदको हस्ताक्षरसहित देउवा केहीबेरअगाडि सर्वोच्च पुगेका छन्।
देउवासँगै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत र राष्ट्रिय जनमोर्चाका सांसदहरू सर्वोच्चमा रिट दिन गएका हुन्।
उनीहरूले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गर्ने जनाएका छन्।

