थर्मल गनको कालोबाजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।
कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालले पाँच हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई तीन गुणा मूल्य बढाएर ब्रिकी गरेको पाइएपछि प्रहरीले आफै ग्राहक बनेर उनलाई पक्राउ गरेको थियो।
गत चैत २५ गते पक्राउ परेका अग्रवाललाई यसअघि जिल्ला प्रशासनले पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिन थुनामा राख्न अनुमति दिएको थियो।
अनुसन्धान बाँकी रहेकाे भन्दै प्रहरीले समय मागेपछि थप १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिइएकाे हाे।