कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या ३ लाख ३३ हजार १०८ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या ५ हजार ४ सय ५५ रहेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।

गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ।