कोरोना लाग्दा घरेलु जडिबुटी नैं उपयोगी


कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र मेरो अनुभवले उनीहरुलाई जित्नका लागि सहयोग पुग्छ भनेरनै लेखिरहेको छु । संक्रमणका बेला उच्छ ज्वरो, खोकी, सास फेर्न गा¥हो हुने, जिउ दुख्ने जस्ता लक्षणहरु देखियो ।
पाँचौं दिनसम्म्म मलाई लगातार सुख्खा खोकिसँगै ज्वरो आइरह्यो भने त्यस पछिका दिनहरु पहिला भन्दा अलि सहज रुपमा बित्न थाले । अहिले पनि म पुर्ण रुपमा स्वस्थ्य भैसकेको छैन ।
मलाई कोरोना संक्रमण भएको आफुले नंै अनुभव गरेँ । पोजेटिभ शंका लाग्नसाथ म घरमा आएर छुट्टै कोठामा बसेँ । छुट्टै ट्वाइलेटको प्रयोग गरें । सकेसम्म साबधानी अपनाएँ र केही दिनपछि परिक्षणको लागि स्वाव दिएँ । नभन्दै केही दिनमा कोरोना संक्रमण भएको खबर पाएँ । आफुलाई शंका लाग्नासाथ सुरक्षा अपनाएकोले गर्दा घरका अन्य कुनै पनि सदस्यहरु, साथी भाईहरु र आफन्तजनहरु संक्रमित हुनु परेन । त्यस कुरामा म खुशी पनि छु ।
संक्रमित भएपछि मैले मेडिकलको कुनैपनी औषधीहरु प्रयोग गरिनँ । मलाई आयुर्वेदिक डाक्टर चन्द्र न्यौपानेले मेडिकलका औषधि भन्दा गाउँ घरमै पाइने घरेलु जडिबुटी प्रयोगमा बढी ध्यान दिनु भन्नु भएको थियो, हो मैले पनि सोहि अनुसार सेवन गर्दै आएँ ।
होम आइसोलेसन बसाईका क्रममा मैंले अदुवा–बेसार–पानी, गाइको दुध–बेसार ,तुलसी पत्ता, ज्वानो, गुर्जो, असुरोजस्ता गाउँघरमा उपलब्ध हुने प्राकृति जडिबुटीको राम्रो प्रयोग गरें ।
कोरोना लाग्नासाथ मलाई धेरै तिरबाट फोनहरु आए । कहिले काँही त पिडाले फोन रिसिभ गर्न पनि अप्ठेरो हुन्थ्यो । संक्रमित भएपछी घरमा बस्नु हुँदैन , हस्पिटलको आइसोलेशनमा जाजु पर्छ भने, तर मलाई त्यो भ्रम चिर्न मन लाग्यो र आज घरमै बसेर कोरोनालाई पराजित गर्न पाउँदा अन्य संक्रमितहरुलाई समेत हौशला बढेको छ । घरमै बसेर पनि कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा आफुलाई समाजमा स्थापित गर्न पाएको छु ।
कोरोना लाई जित्न आफ्नो आत्मबल बढाउनुनैं ठूलो औषधि रहेछ । अनि त्यस्तै परिवारको मायाँ अनि गाउँ समाजले हेर्ने दृष्टिकोणमा पनि सकारात्मकता भयो भने कोभिडलाई सजिलै पराजित गर्न सकिँदोरहेछ ।
मलाई घरमा बसेर नैं कोरोनालाई जित्न सहयोग गर्नु हुने मेरो घरका सम्पुर्ण सदस्य प्रती नमन गर्न चाहान्छु ।
विशेष धन्यवाद, तिनपाटन गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ , प्रदेश माननीय प्रदिप कटुवाल, तिनपाटन १ का वडा अध्यक्ष गोबिन्द राउत , दाई पिआर काफ्ले, स्वास्थ्य शाखाका सम्पुर्ण टिम, सुशील सुवेदी सर, नबराज दाहाल लगायत यस बिचमा विभिन्न संचार माध्यम मार्फत मलाई सम्पर्क गरेर हौसला प्रदान गर्नुहुने सम्पुर्णमा हादिक आभार । (लेखकः अनेरास्ववियु तिनपाटन गाउंपालिका संयोजक हुन् । उनी अहिले आम्वोटे स्थित होम आइसोलेसनमा छन् ।